फरक उद्देश्य बोकेकाहरु एक ठाउँमा आउँदैमा शक्ति बन्दैन: अध्यक्ष ओली

काठमाडाैं | असार २, २०८०

फरक उद्देश्य बोकेकाहरु एक ठाउँमा आउँदैमा शक्ति बन्दैन: अध्यक्ष ओली

काठमाडौं:    नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले फरक उद्देश्य भएकाहरु एक ठाउँमा जम्मा भएर राष्ट्रिय शक्ति निर्माण हुन नसक्ने टिप्पणी गरेका छन् । 


शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका नेता, कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै उनले सो टिप्पणी गरेका हुन् । 


समाजवादी मोर्चा बनाउने नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायतका पार्टीहरुको निर्णयप्रति लक्षित गर्दै उनले फरक उद्देश्य भएका तत्वहरु एक ठाउँमा आउँदा त्रसिन आवश्यक नरहेको बताए । समाजवादी मोर्चा बनाउने कुरा एमालेसँग मुकाबिला गर्न र काँग्रेसलाई तर्साउन गठजोड भइरहेको उनले चर्चा गरे ।


अध्यक्ष ओलीले सँगै काम गरेका नेतालाई आफूले राम्रोसँग चिनेकाले कुनै नयाँ कुरा नरहेको बताए । आफ्नो ५८ वर्षे राजनीतिक जीवनमा कुनै र कसैप्रति पनि झुटो आरोप नलगाएको र तथ्यमा आधारित आरोपमात्रै आफूले लगाउने गरेको उनले दावी गरे ।  


“हामी एउटा यस्तो राष्ट्रिय शक्ति निर्माण गर्नुपर्छ जो देश, जनता, विकासप्रति समर्पित हुन्छ” ओलीले भने, “चारतिर फर्किएका चार तिरका फरक उद्देश्यका तत्वहरु एक ठाउँमा जम्मा भएर राष्ट्रिय शक्ति बन्दैन ।” एमालेलाई अब कसैले पनि राष्ट्रिय शक्ति बन्नबाट रोक्न नसक्ने उनले दावी गरे । 


अध्यक्ष ओलीले एमाले मिसन २०८४ को तयारीमा जुटेको र २०८४ मा एमालेलाई राष्ट्रिय शक्ति बन्ने विश्वास दिलाए । एमाले राष्ट्रिय शक्ति बनेमात्र देशको समृद्धि कायम हुने उनले चर्चा गरे । 

काठमाडौं ।    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् ।    पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...

थप पढ्नुहोस्

पोखरा ।    कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ ।   नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...

थप पढ्नुहोस्

कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् ।   मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् ।   ...

थप पढ्नुहोस्